दफा ४१
गलत व्यक्तिलाई धनादेशको भुक्तानी भएमा गर्ने
: कुनै व्यक्तिलाई धनादेश बमोजिमको भुक्तानी गर्नुपर्ने भन्दा बढी रकम हुलाक अड्डाका कर्मचारीबाट भुक्तानी गरिएकोमा सो बढी भुक्तानी भएको जति रकम निजले कुनै मनासिव कारण विना फिर्ता नगरेमा वा फिर्ता गर्न इन्कार गरेमा वा कुनै धनादेश बमोजिम कुनै व्यक्तिलाई भुक्तानी गर्नुपर्ने रकम अर्कै व्यक्तिलाई हुलाक अड्डाका कर्मचारीबाट भुक्तानी गरिएकोमा गल्तीले भुक्तानी भएको रकम निजले कुनै मनासिब कारण बिना फिर्ता नगरेमा वा गर्न इन्कार गरेमा महानिर्देशकबाट अधिकार पाएको हुलाक अड्डाको कर्मचारीले त्यस्तो फिर्ता लिनु पर्ने रकम त्यस्ता व्यक्तिबाट सरकारी मालपोत बाँकी सरहको कारबाही गरी असूल उपर गर्नुपर्छ । त्यस्तो रकम फिर्ता गर्नु नपर्ने कुनै मनासिब माफिकको कारण भएमा सम्बन्धित व्यक्तिले नै सो कारण पेश गर्न र प्रमाणित गर्न सक्नुपर्छ ।